भारतीय अर्बपति मुकेश अम्बानी चर्तित इंग्लिस क्लब लिभरपुल किन्ने दाउमा रहेका छन् । क्लबकाे वर्तमान मालिक फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) ले क्लब बिक्रीको लागि राखेपछि रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानी लिभरपुल किन्ने दाउमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मिररका अनुसार एफएसजीले लिभरपुलको बिक्री मूल्य ४ बिलियन युरो राखेको छ । …