काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटका लागि सेयर लगानीकर्ताहरुले २ बुँदे माग राखेका छन् । शनिबार ८ वटा लगानीकर्ता संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै २ बुँदे माग राखेका हुन् । आयकर ऐनको दफा ९५ क (२)(क)मा रहेको नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा…