काठमाडौं । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले उजुरी दर्ताको विषय सिधैँ गृहमन्त्रीकै तहबाट हेर्नेगरी संयन्त्र निर्माण गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको बताएका छन् । बुधबार राज्य व्यवस्था समितिमा भएको छलफलमा उनले उजुरी दर्ताको प्रवृत्तिमा धेरै गुनासो आएको भन्दै यसको लागि व्यवस्थित संयन्त्रको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले भने, ‘उजुरी दर्ताको प्रवृत्तिमा गुनासो धेरै…