काठमाडौं । नेपालीहरुको महान चाड दशैं ढोकामै आइपुग्न लाग्दा १६ हजार भेडा भेडाच्याङग्रा राजधानी ल्याउने क्रममा छन् । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाँै लगायतका व्यापारीले यी भेडाच्याङग्रा खरिद गरी राजधानी काठमाडौँ ल्याउन लागेका हुन । यतिबेला व्यवसायीहरु भेडाच्याङग्रा किन्न मुस्ताङसम्म पुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोम…