काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगीएको छ । बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई बैठकमा सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ । कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भने,‘प्रधानमन्त्रीले अर्को बैठकमा पुन : एमाले अध्यक्ष केपी ओलीलाई छलफलमा सहभागी हुन निमन्त्रणा गरिने जानकारी गराउनु भयो। बैठकमा समसामयिक…