काठमाडौं । श्रम मन्त्री गोकर्ण विष्ट यतिबेला चर्चामा छन् । सामाजिक सुरक्षा कार्यक्रमपछि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएर चर्चामा रहेका मन्त्री विष्टकै कार्यकालमा वैदेशिक रोजगारीको क्षेत्र भने कहालीलाग्दो गरी ओरालो लागिरहेको छ । सिद्धान्ततः वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्नु स्वागतयोग्य र सकारात्मक नै हो । स्वदेशमै रोजगारी पाएर वा स्वरोजगार भएर विदेशिने युवा घटेको भए…