काठमाडौं । सोमबार काभ्रेको पनौती क्षेत्रमा आएको अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग करिब १४ घन्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो । हाल सो स्थानमा अस्थायी संरचना बनाई दुईतर्फी सडक सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । बाढीले बगाएको डाइभर्सन…