काठमाडौं । यती एयरलाइन्सले आफ्नो विमान संख्या तथा सेवा विस्तार गर्ने क्रममा शनिबार चौथो एटीआर ७२–५०० बिमान भित्र्याएको छ । उत्पादन क्रम संख्या एएसएन ७ सय ५४ तथा नेपाली रजिस्ट्रेसन नं ९एन एएनसी रहेको उक्त विमान शुक्रबार बिहान थाइल्यान्डको राजधानी बैंककबाट उडेर दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पनि विमान कम्पनीले जनाएको छ…