काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणका काममा भएको ढिलाइको औचित्य पुष्टि भए ठेक्काको म्याद थप्न सरकार तयार रहेको बताएका छन् । उनले क्षमताभन्दा बढी ठेक्का लिएर आयोजना अलपत्र पार्नेलाई भने नछाड्ने दृढता जनाए । व्यवसायीहरुको मागबमोजिम भूकम्प तथा नाकाबन्दीका कारण सम्पन्न हुन नसकेको परियोजनाहरुको म्याद थप्न सरकार अझै तयार रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे…