काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज दिनभर जारी रहने र भोलि पनि पानी पर्ने जनाइएको छ । मौसमविदहरूका अनसार उपत्यकामा केहीबेर रोकिने अनि फेरि पर्ने अवस्था देखिनेछ । पानी परेसँगै केही सातादेखि देखिएको चर्को वायु प्रदूषणमा कमी आउने आकलन छ ।