Logo

बिजनेस होम

नेपाल युवा उद्यमी मञ्च अध्यक्षमा सुदीप घिमिरे निर्वाचित


gdpnepal
   ३ श्रावण २०८२, शुक्रबार


काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा युवा उद्यमी सुदीप घिमिरे निर्वाचित भएका छन् ।

शुक्रबार राजधानीमा भएको संघको २१ औं वार्षिक साधारणभाले घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

घिमिरे औद्योगिक तथा व्यावसायिक घराना एसजी ग्रुपका निर्देशक हुन् । घिमिरेले सन् २०१० देखि समूहको नेतृत्व तहमा रहेर काम गर्दै आएका छन् । जहाँ उनले समूहको एलपीजी क्षेत्र र वित्तीय शाखाहरूको जिम्मेवारी सम्हाल्छन् ।

घिमिरे नेतृत्वको एसजी समूह व्यापार, उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, निर्माण, शिक्षा, बैंक तथा वित्तीय संस्था, सञ्चार, कृषि, एलपीजी बोटलिङ, हस्पिटालिटीलगायतका क्षेत्रमा क्रियाशील छ ।

घिमिरेले इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटीबाट एमबीए डिग्री हासिल गरेका छन् भने उनले इटहरी उद्योग वाणिज्य संघ र मोरङ उद्योग संघको कार्यकारी समितिका सदस्यका रुपमा काम गरिसकेका छन् ।

घिमिरे नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य तथा एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका छोरा हुन् ।

 

प्रकाशित : ३ श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह