काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जन नियुक्त भएका छन् । कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई नियुक्त गरेको हो । महर्जन ७ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भएका छन् ।