काठमाडौँ । सानिमा बैंक लिमिटेडले १२ हजार ७ सय ५१ कित्ता संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंककी संस्थापक शेयरधनी धर्मकला थपलियाले आफ्नाे नाममा रहेकाे उक्त सेयरहरू बिक्री गर्न निवेदन पेश गरेकी हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता…