काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)को नवौं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष सचिनजंग रायमाझीकोे सभापतित्वमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लाभांश पारित गरेको छ । संस्थामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालकमा सुनिता आचार्य निर्विरोध निर्वाचित भएकी छन्…