काठमाडौं । लक्ष्मी बैंकले एशियन डेभलपमेन्ट बैंक (एडीबी)सँग सहकार्य गर्ने भएको छ । एडीबीको ट्रेड फाइनान्स प्रोग्राम (टीएफपी) तथा लक्ष्मी बैंक लिमिटेडबीच कर्जा तथा टे«ड सहयोगको लागि एक सम्झौतामा हस्ताक्षर भएको छ । एडीबीको ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालित रहदैं आएको छ भने यसले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य समेत गर्दै आएको…