काठमाडौं । गभर्नर नियुक्ति प्रकरणमा अर्थमन्त्री डा. युवराज खतिवडामाथि नैतिक प्रश्न उठेको छ । सरकारको प्रवक्तासमेत रहेका खतिवडाले गभर्नर नियुक्तिसम्बन्धी व्यवस्था एक महिनाअघि सम्झाउँदा पत्रकारलाई अपमानित गरेका थिए । उनले मुलुकले समयमै गभर्नर पाउने दावीसमेत गरेका थिए । त्यतिबेला उनले प्रश्न सोध्ने पत्रकारलाई नै अपमानित गरी मुलुकले समयमै गभर्नर पाउँछ भन्ने ठाडो जवाफ दिएका हुन्…