काठमाडौं । प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाइँले आइतबार माइतीघरमा केहीबेर सांकेतिक प्रदर्शन गरे । कुनै तडकभडक नगरी सांसद बजगाइँसहित सीमित संख्यामा रहेका प्रदर्शनकारीले नेपाल आउने पर्यटक र नेपालबाट बाहिरिने श्रमिकको पक्षमा गरेको यो प्रदर्शन राजनीतिक उद्देश्यप्राप्तिका लागि थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका नाउँमा दैनिक १० घन्टा बन्द गरिएको र त्यसबाट सिर्जित महँगो हवाई भाडाको मार…