नेपालमा भौतिक पुर्वाधार निर्माणमा एकदमै चिन्ता लाग्ने गरि गलत दिशातर्फ जाँदैगरेको अनुभूति मैले गरेको छु। उदाहरणको रुपमा हुलाकी, पूर्वपश्चिम, मदनभण्डारी र मनमोहन राजमार्गलाई लिन सकिन्छ। यति सानो क्षेत्रमा यति धेरै समानान्तर राजमार्ग के हामी निर्माण, मर्मत र उपयोग गर्न सक्छौं ? गाउंमा जनसंख्या घट्दो छ, आर्थिक गतिविधि घट्दो छ तर भविष्यमा बस्ति बिकास वा आर्थिक…