Logo

मुख्य समाचार

सेयर बजारमा ११ अंकको गिरावट, कारोबार रकम पनि घट्यो


GDP नेपाल
   १३ असार २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ११.६० अंकले घटेर दुई हजार ०६०.१६ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक ४२, होटल तथा पर्यटन १५, हाइड्रोपावर १५, माइक्रोफाइनान्स २२, जीवन बीमा ६१, उत्पादन १०, अन्य ९ र निर्जीवन बीमा ३६ अंकले घटेको छ । त्यस्तै, फाइनान्स ११ र व्यापार उपसमूह ६ अंकले बढेको छ ।

आज साधना लघुवित्त वित्तिय संस्थाको सेयर झण्डै साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज नेपाल फाइनान्स लिमिटेडको सेयर साढे ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यस दिन ३०५ कम्पनीको ८७ लाख कित्ता सेयर ४ अर्ब ५ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १३ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह