Logo

मुख्य समाचार

झिनो अंकले बढ्यो सेयर बजार, ५ अर्बको कारोबार


GDP नेपाल
   ११ असार २०८१, सोमबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ३.२१ अंकले बढेर दुई हजार ०६६.१६ विन्दुमा पुगेको छ ।

विकास बैंक ६३, हाइड्रोपावर ४, माइक्रोफाइनान्स ६१, फाइनान्स ५२ र अन्य उपसमूह ०.५४ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ३, होटल तथा पर्यटन ११, निर्जीवन बीमा ९, जीवन बीमा १८, उत्पादन १४ र व्यापार उपसमूह १२ अंकले घटेको छ ।

आज नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तिय संस्थाको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज बुद्धभूमी नेपाल हाइड्रोको सेयर ७ प्रतिशतले घटेको छ ।

यस दिन ३२२ कम्पनीको एक करोड ७ लाख कित्ता सेयर ५ अर्ब ७ करोडमा कारोबार भएको छ ।

प्रकाशित : ११ असार २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह