काठमाडौं । सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी अघि बढाउने भएको छ । बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला काकीले यसबारे जानकारी गराएकी हुन् । उनले सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकि छन् । ‘नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा…