काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । थापाले दुई वर्षमा खहरेको समस्या समाधान गर्न नसकेमा फेरि मत माग्न नआउने घोषणा गरे । खहरे खोलाको छेउमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उनले भने, ‘दुई वर्ष भित्र…