एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष (सन् २०२२–२३) मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । एडीबीले सार्वजनिक गरेको ‘एसियल डेभलपमेन्ट आउटलुक २०२२’ रिपोर्ट अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपन गरिएको छ । यसअघि बैंकले सन् २०२३ मा ५ प्रतिशत वृद्धिको प्रक्षेपण गरेको थियो…