काठमाडौं । नेपाल उद्योग परिसंघ र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री देउवाले निर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । देउवाले आफ्नो पार्टी खुला बजार अर्थतन्त्रको पक्षपोषक रहेको र निजी क्षेत्रको विकासका लागि जोड दिदै…