काठमाडौं । सरकारले केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गर्ने निर्णय गरेको हो । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश भएलगत्तै निजी लगानीका केबलकारले निर्णय प्रक्रियामा एकद्वार, सुरक्षा लगायतका सुविधा प्राप्त गर्नेछन् । यस्ता…