काठमाडौं । ऊर्जासचिव अनुपकुमार उपाध्यायले पदबाट राजीनामा दिएपछि उनको नैतिकतामाथि नै प्रश्न उठेको छ । फागुनमा सेवानिवृत्त हुँदै गरेका उपाध्यायले लाभको पदका लागि राजीनामा दिएको भन्दै आलोचना भएको हो । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले पदावधि बाँकी रहँदै एसियाली विकास बैंकको सहायक निर्देशक हुनका लागि राजीनामा दिएपछि उत्पन्न विवाद सचिव उपाध्यायको हकमा पनि देखिएको छ ।…