माथिल्लो तामाकोशीको लागत बारेमा धेरै कुराहरू/प्रश्नहरू आएको हुनाले म स्वयं आयोजनाको सुरुदेखि नै लागत विश्लेषणमा संलग्न रहँदै आएको नाताले केही कुरा प्रष्ट गर्न गइरहेको छु । लागत अनुमान किन विदेशी मुद्रामा निर्धारण गरिन्छ? माथिल्लो तामाकोशी जस्ता ठुला र जटिल जलविद्युत आयोजना वा पूर्वाधारका आयोजनाहरूको निर्माणमा कार्यानुभव, आर्थिक र प्राविधिक क्षमताहरूको हिसाबले अहिलेसम्म पनि विदेशी निर्माण…