Logo

Sub-banner

महसुल नबुझाउने २९ ग्राहकको लाइन काटियो



तम्घास ।

गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका– २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो । लाइन काटिएका ग्राहकले कूल रु छ लाख ५६ हजार १६.४२ बुझाउन बाँकी रहेको प्राधिकरणका प्राविधिक पदम थापाले जानकारी दिनुभयो ।

लाइन काटिसकेपछि २३ जना ग्राहकले बुझाउनुपर्ने रकम चार लाख छ हजार बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको थापाले जानकारी दिनुभयो ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह