Logo

Banner-news

बर्दियामा बाघले २१ वटा बाख्रा मार्‍यो, लाखौँको क्षति


GDP नेपाल
   ११ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

बर्दियामा बाघले २१ वटा बाख्रा मारेको छ । गुलरिया नगरपालिका–५ सन्तोषी टोलको व्यवसायीक फर्ममा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको हो ।

चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति पसेको बाघले दशैंमा बेच्न ठिक्क पारिएका खसीसहित बाख्रा मारेको हो । खोरमा रहकेको एउटा सानो पाठो मात्र जीवित भेटिएको छ ।

दशैँ नजिकिएसँगै बेच्न ठिक्क पारिएका खसी, बाख्रा बाघले खाइदिएपछि लाखौँको क्षति भएको पौडेलले बताएका छन् ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह