Logo

अर्थनीति

सर्वाधिक आयकर तिर्नेमा पुनः सिद्धार्थ राणा, कोको भए उत्कृष्ट करदाता ?


GDP Nepal
   १ मंसिर २०७८, बुधबार


काठमाडौं। व्यवसायी सिद्धार्थ शमशेर जवरा यस वर्ष सबैभन्दा बढी आयकर बुझाएर पुनः उत्कृष्ठ करदाता भएका छन् । राष्ट्रिय कर दिवस २०७८ मा सरकारले राणालाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको छ ।

राणा सिप्रदी समूह भनिने तारा म्यानेजमेन्टका अध्यक्ष हुन् । उनको कम्पनीअन्तरगत अटोमोबाइल, हाइड्रोपावर, होटल लगायतका व्यवसाय सञ्चालनमा छन् । उत्कृष्ट करदाताको पुरस्कार राणाले सातौंपटक प्राप्त गरेका हुन् ।

बुधबार आयोजित कर दिवसमा सर्वाधिक कर बुझाउने कम्पनीका रुपमा नेपाल टेलिकमले सम्मान पाएको छ । यस्तै, निर्यात उद्योगतर्फ डाबर नेपालले सर्वाधिक कर बुझाएको छ।

वाणिज्य बैंकतर्फ नबिल बैंक, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, सेवामा नोबेल हस्पिटल, पर्यटनबाट ह्यात रिजेन्सी सबैभन्दा बढी कर तिरेर सम्मानित भएका छन् ।

खुद्रा व्यापारतर्फ भाटभटेनी पनि बढी कर तिर्नेमा परेको छ भने विशेष उद्योगतर्फ एसियन पेन्टस सम्मानित भयो ।

कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेक, भ्याटमा घोराही सिमेन्ट र बिमा कम्पनीका तर्फबाट नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह