काठमाडौँ ।
बुधबार पुँजीबजार मापक परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से १.८२ अंकले बढेर दुई हजार ७३४.९३ विन्दुमा पुगेको छ ।
आज होटल तथा पर्यटन २.०८, जलविद्युत २३.३७, निर्जीवन बीमा ३६.२२, अन्य ५.४, लगानी ०.५५ र म्यूचुअल फन्ड ०.०३, विकास बैंक ४२.८१, फाइनान्स ३५.६८, उत्पादन २६.८ र माइक्रोफाइनान्स ३.४१ अंकले बढेका छन् । त्यस्तै, आज बैंकिङ ७.२२, व्यापार ३८.८३ र जीवन बीमा ६१.२५ अंकले घटेका छन् ।
आज दुई सय २७ कम्पनीको ७४ लाख कित्ता शेयर ४ अर्ब २१ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया