आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दूमा पुगेको छ ।
आज बैंकिङ ३९.४७, होटल तथा पर्यटन ५५.६५, विकास बैंक १४३.४२, जलविद्युत ७५.२६, निर्जीवन बीमा २६६.२२, माइक्रोफाइनान्स ११०.४५, जीवन बीमा ३८९.५१, फाइनान्स ५६.६२, लगानी १.९१, म्यूचअल फन्ड ०.२५, उत्पादन ४०९.८२, ब्यापार ७९.६८ र अन्य समूह ६६.२१ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै मध्यभोटेकोशीको सेयर ९.९९ अंकले बढेको छ भने सबैभन्दा थोरै बोटलर्स नेपाल (तराई)को ३.८२ अंकले घटेको छ ।
आज २२९ कम्पनीका एक करोड ८२ लाख कित्ता सेयर ९ अर्ब ६७ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया