Logo

मुख्य समाचार

३८ अंकले घट्यो नेप्से, कारोबार रकम खुम्चियो


GDP नेपाल
   ५ माघ २०७८, बुधबार


बुधबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ३८.३५ अंकले घटेर २ हजार ८९८ विन्दूमा झरेको छ ।

आज बैंकिङ १४, विकास बैंक ६३, फाइनान्स ५२, होटल तथा पर्यटन ७८, जलविद्युत ५९, जीवन बीमा २२५, उत्पादन १०९, लघुवित्त ७६, निर्जीवन बीमा ११७, अन्य ६० र व्यापार उपसमूह ८० अंकले घटेको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमि हाइड्रोपावर र सामलिङ पावरको मूल्य करिब १० प्रतिशतले बढेको छ । बुद्धभूमिको मूल्य प्रतिकित्ता २८७.८० र सामलिङको ७१४ रुपैयाँ पुगेको छ ।

आज २२८ कम्पनीको एक करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह