Logo

Sub-banner

मेची भन्सारद्वारा आयल निगम र गोर्खा टी इस्टेट सम्मानित


GDP नेपाल
   १२ माघ २०७८, बुधबार


मेची भन्सार कार्यालय काँकडभिट्टाले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आज राजस्व सङ्कलनमा सहयोग पुर्‍याउने संस्था र उत्कृष्ट पाँच कर्मचारीलाई सम्मान गरेको छ ।

सबैभन्दा बढी चिया निकासी गर्ने इलामको गोर्खा टि इस्टेट प्रालि र पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगमलाई राजस्व सङ्कलनमा योगदान पु¥याएबापत सम्मान गरिएको छ ।

त्यसैगरी मेची भन्सार एजेन्ट सङ्घका नितम पौडेल, मेची भन्सार कार्यालयका लेखापाल लक्ष्मीबहादुर रामदान, नायब सुब्बा लक्ष्मीप्रसाद गुरागाईं, कम्प्युटर अपरेटर अरुणकुमार साह र कार्यालय सहयोगी जयबहादुर राई सम्मानित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले कदरपत्र र दोसल्लाले उहाँहरुलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा भन्सार विभागबाट सम्मानित कार्यालयका नायब सुब्बा प्रेम सुवाललाई समेत सम्मान गरिएको थियो ।

प्रदेश नं १ सरकारको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भन्सार प्रमुख केशवप्रसाद ओलीले भन्सार गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना, झापा चेम्बर्स अफ कमर्सका कार्यबाहक अध्यक्ष ओम बिमली, मेची भन्सार एजेन्ट सङ्घका अध्यक्ष मोहन निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित : १२ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह