Logo

मुख्य समाचार

सेयर बजारमा सामान्य अंकको वृद्धि, ३ अर्बको कारोबार


GDP नेपाल
   १३ माघ २०७८, बिहिबार


केहीदिन लगातार ओरोलो लागेको सेयर बजार साताको कारोबारको अन्तिम दिन बिहिबार भने सामान्य अंकले बढेको छ । आज सेयर बजार परिसूचक नेप्से ३.२९ अङ्कले बढेर २७७९.९३ विन्दुमा पुगेको छ ।

आज निर्जीवन बीमा १३२.८३, फाइनान्स १४.६५, जलविद्युत् ५.५२, उत्पादन २८.७२, अन्य १७.९२ र लगानी ०.४७ अंकले बढेका छन् । त्यस्तै, बैँक ४.३३, व्यापार ६.९९, होटल तथा पर्यटन २१.५५, विकास बैंक २१.१, जीवन विमा १.३२ र म्यूचुल फन्ड ०.०९ अंकले घटेका छन् ।

आज २२४ कम्पनीका ६६ लाख ७५ हजार कित्ता सेयर ३ अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ भने सप्तकोसी विकास बैंकको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित : १३ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह