Logo

मुख्य समाचार

१०५ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार


GDP नेपाल
   १६ माघ २०७८, आइतबार


साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । गत साता १५१ अङ्कले घटेको नेप्से आज एकैदिन १०५.५५ अंकले बढेर २ हजार ८८५.५३ विन्दूमा पुगेको छ ।

आज होटल तथा पर्यटन १४१.४८, विकास बैंक ३१८.२२, जलविद्युत १८२.९, निर्जीवन बीमा ४३१.६१, माइक्रोफाइनान्स १७३.४६, जीवन बीमा ५४८.०६, फाइनान्स १५२, लगानी ५ं६९, उत्पादन १९७.७५, ब्यापार १४६.३३, अन्य ८३.६९, बैंकिङ ४६.९९ र म्यूचअल फन्ड ०.२८ अंकले बढेका छन् ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लिबर्टी इनर्जी, शिव श्री हाइड्ररोपावर र विन नेपाल लघुवित्त १० प्रतिशतले बढेका छन् । आज २३१ कम्पनीका एक करोड २१ लाख कित्ता सेयर ६ अर्ब ३२ करोडमा कारोबार भएका छन् ।

प्रकाशित : १६ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह