सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १३.४८ अंकले घटेर २ हजार ८७२.०५ विन्दूमा झरेको छ ।
आज बैंकिङ १९.५२, व्यापार १५.२७, होटल तथा पर्यटन २३.२१, विकास बैंक ११०.१५, जलविद्युत २३.०६, निर्जीवन बीमा १७८.७६, उत्पादन ७१.३७, जीवन बीमा उपसमूह २२१.३२, फाइनान्स ४३.१७, र म्यूचअल फन्ड ०.११अंकले घटेका छन् । यस्तै, आज अन्य ३७.३४, माइक्रोफाइनान्स ३०.१७ र लगानी २.०८ अंकले बढेका छन् ।
आज फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल माइक्रोफाइनान्स र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने माउन्टेन हाइड्रो नेपाल र सिभिल लघुवित्त कम्पनीको शेयर झन्डै साढे तीन प्रतिशतले घटेको छ ।
आज २२५ कम्पनीका एक करोड एक लाख कित्ता सेयर ५ अर्ब १५ करोडमा कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै एचआईडीसीएलको ५७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया