मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १९.२९ अङ्कले बढेर २८९१.३३ विन्दुमा पुगेको छ ।
आज बैंक ५.३, निर्जीवन बीमा ९१.८६, फाइनान्स ३७.११, जलविद्युत् १०९.९४, माइक्रोफाइनान्स ४९.६६, विकास बैंक ८१.३९, म्यूचुल फन्ड ०.२४, अन्य १ र लगानी ०.११ अंकले बढेका छन् । त्यस्तै, व्यापार १६.१३, होटल तथा पर्यटन २.६५, उत्पादन १३.०८ र जीवन विमा १५.६१ अंकले घटेका छन् ।
आज २२३ कम्पनीका एक करोड २१ लाख कित्ता सेयर ६ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ भने निरुदे लघुवित्त विकास बैंकको सेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
प्रतिक्रिया