साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ ।
आज नेप्से ४०.५७ अंकले घटेर २ अजार ८३६.१७ विन्दूमा झरेको छ । आज सबै समूह राताम्मे भएका छन् ।
बैंकिङ १९.०१, व्यापार ५०.४२, होटल तथा पर्यटन १८.६७, विकास बैंक ९९.९, जलविद्युत ३९.७१, फाइनान्स ६०.५५, निर्जिवन बिमा १३१.४१, उत्पादन ५९.९४, अन्य ३८.३१, माइक्रोफाइनान्स ८२.२७, जीवन बिमा ५८०.५९, म्यूचुअफ फन्ड ०.०६ र लगानी १.२७ अंकले घटेका छन् ।
आइतबार सबै भन्दा धेरै नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयर मूल्य ८ अंकले बढेको छ भने विन लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य १० अंकले घटेको छ ।
आज २२८ कम्पनीका एक करोड ६ लाख कित्ता सेयर ५ अर्ब ८३ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया