मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १६.३ अंकले घटेर २ हजार ८३५.५८विन्दूमा झरेको छ ।
आज बैंकिङ ६.४७, विकास बैंक ५१.२, जलविद्युत ५३.६५, फाइनान्स ९.२, अन्य २.१, अन्य २.१, जीवन बीमा १६८.५४, माइक्रोफाइनान्स ३५.३७ र लगानी १.५२ अंकले घटेका छन् । त्यस्तै, व्यापार २.६८, होटल तथा पर्यटन ३.७४, उत्पादन २७.५४, म्यूचअल फन्ड ०.०८ र निर्जीवन बीमा ५६.२२ अंकले बढेका छन् ।
आज सबै भन्दा बढी एभरेष्ट इन्स्योरेन्सको मूल्य ६ प्रतिशतले बढेको छ भने लिबर्टी इनर्जी कम्पनी लिमिटेडको मूल्य ६ प्रतिशतले नै घटेको छ ।
मंगलबार २३० कम्पनीका एक करोड २ लाख कित्ता सेयर ६ अर्ब २८ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया