बुधबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से ३०.२९ अंकले घटेर २ अजार ५१४.६५ विन्दूमा झरेको छ ।
बैंकिङ १२.९६, व्यापार ७९.११, होटल तथा पर्यटन १२.०९, विकास बैंक १०१.८२, जलविद्युत ५५.९६, फाइनान्स ४५.६९, निर्जिवन बिमा १९८.५३, उत्पादन ४७.८६, अन्य २८.९५, माइक्रोफाइनान्स ४३.६४, जीवन बिमा १३९.९, म्यूचुअफ फन्ड ०.०३ र लगानी १.३७ अंकले घटेका छन् ।
आज सबै भन्दा धेरै माउन्टेन इनर्जी नेपालको सेयर ८ अंकले बढेको छ भने विशाल बजार कम्पनीको सेयर ५ अंकले घटेको छ ।
आज २२९ कम्पनीका ४९ लाख कित्ता सेयर २ अर्ब ३५ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया