काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा साताको अन्तिम दिन बिहीबार हरियाली छाएको छ । बजार परिसूचक ५२.३ अंकले उकालो लागेर २५६६.९० बिन्दुमा पुगको छ ।
रुस–युक्रेन तनाव केही मत्थर हुने संकेतसँगै अर्थतन्त्र सुधारको बाटोमा जाने लगानीकर्ताको मनोविज्ञानका कारण बजार परिसूचक उकालो लागेको जानकारहरु बताउँछन् ।
बिहीबार कारोबार रकम भने बढ्न सकेन । स्टक एक्सचेञ्जका अनुसार बिहीबार २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँको किनबेच भएको छ ।
बिहीबार नेप्से, सेन्सेटिभ, फ्लोटसहित सबै समूहगत परिसूचक बढेको छ । बैंकिङ समूह १६.४९ अंकले बढेको छ ।
यस दिन सबैभन्दा बढी जीवन बिमा समूह ३७२.७९ अंकले बढेको छ ।
प्रतिक्रिया