Logo

मुख्य समाचार

ब्याजदर नबढ्ने भएपछि सेयर बजारमा १०१ अंकको वृद्धि


GDP Nepal
   २९ फाल्गुन २०७८, आइतबार


काठमाडौं । बैंकहरुले चैत महिनाका लागि ब्याजदर नबढाउने भन्दै गरेको सहमतिको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।

साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ भने कारोबार रकममा पनि वृद्धि भएको छ ।

आइतबार नेप्से परिसूचक १०१.०७ अंकले बढेर २६६७.९७ अंकमा पुगेको छ । यो दिनको कारोबारमा ९० लाख २२ हजार ८९० कित्ता सेयर ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ १३ पैसामा कारोबार भएको छ ।

यो दिनको कारोबारमा २१० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यो दिनको कारोबारमा तीन कम्पनीहरु एसियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्यमा पनि सकारत्मक सर्किट लागेको छ ।

उपसमूहतर्फ सबै समूहमा हरियाली छाएको छ । जसमध्ये लाइफ इन्स्योरेन्स ६.९५ प्रतिशत, फाइनान्सतर्फ ५.०१ प्रतिशतले बढेको छ ।

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह