सोमबार सेयर बजार झिनो अंकले वृद्धि भएको छ । आज नेप्से ०.१५ अंकले बढेर २ अजार ६६८.११ विन्दूमा पुगेको छ ।
बैंकिङ ०.७१, विकास बैंक १२.४५, निर्जिवन बिमा ७३.३१, अन्य ८.१९, माइक्रोफाइनान्स १८.३ र जीवन बिमा १५३.५७ अंकले बढेको छ । यस्तै, व्यापार ८५.७२, होटल तथा पर्यटन २१.७७, जलविद्युत ३६.६४, फाइनान्स ६.५, उत्पादन २१, म्यूचुअफ फन्ड ०.०८ र लगानी ०.६८ अंकले घटेका छन् ।
आज सबै भन्दा राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर ६ अंकले बढेको छ भने सानिमा लार्ज क्याप फन्डको सेयर झण्डै ६ अंकले घटेको छ ।
आज २२० कम्पनीका २३ लाख कित्ता सेयर १ अर्ब ३४ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया