Logo

मुख्य समाचार

नेपाल टेलिकमको ४० प्रतिशत लाभांश


GDP Nepal
   १ चैत्र २०७८, मंगलबार


काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत लाभांश दिने भएको छ । टेलिकमले २० प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने भएको हो ।

दूरसञ्चार कम्पनीको फागुन ३० गते सोमबार अपरान्ह ५ः१५ बजे बसेको संचालक समितिको ९४२ औं बैठकबाट लाभांश सम्बन्धी निर्णय भएको कम्पनी सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार आ.व. २०७७÷७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरुलाई १०० कित्ता बरावर २० कित्ताको अनुपातमा बोनस शेयर वितरण गर्ने तथा प्रति शेयर २० रुपैयाँका दरले नगद लाभांश वितरणका लागि सिफारिस गरिएको छ । जसअनुसार बोनस शेयर लाग्ने लाभांश कर समेत यसैमा संलग्न गरिएको छ ।

टेलिकमको लाभांश वितरणको सिफारिस सहितको प्रस्ताव नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयबाट स्वीकृती प्राप्त भएपछि बोनस शेयर तथा नगद लाभांश वितरणको प्रस्ताव अनुमोदनका लागी आगामी १४ औं वार्षिक साधारणसभामा सिफारिस गर्ने निर्णय भएको जनाइएको छ ।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह