साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.६७ अंकले घटेर २ अजार ६१६.५८ विन्दूमा पुगेको छ ।
बैंकिङ ८.०३, विकास बैंक ५३.५१, अन्य ३२.३, माइक्रोफाइनान्स ५.४१, व्यापार ४१.९४, जलविद्युत १३.०६, फाइनान्स २५.७३, उत्पादन ६८.५९, जीवन बिमा १९७.०९, निर्जिवन बिमा ७४.२६, होटल तथा पर्यटन ६३.८४ र म्यूचुअफ फन्ड ०.१३ अंकले घटेका छन् । आज लगानी भने १.४४ अंकले बढेको छ ।
आज सबै भन्दा धेरै राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० अंकले बढेको छ भने राष्ट्रिय बीमा कम्पनी प्रमोटर सेयर झण्डै ६ अंकले घटेको छ ।
आज २२४ कम्पनीका ४२ लाख कित्ता सेयर २ अर्ब २७ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया