सोमबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १८.०७ अंकले बढेर २ हजार ६३४.६५ विन्दूमा पुगेको छ ।
आज बैंकिङ ५.९२, व्यापार ३५.२५, माइक्रोफाइनान्स ३३.३७, विकास बैंक १३३.९६, जलविद्युत ८३.६७, फाइनान्स ५६.०४, निर्जिवन बिमा ४६.२९, जीवन बिमा १७२.३५, म्यूचुअफ फन्ड ०.०९, उत्पादन ३४.८१ र लगानी ०.९२ अंकले बढेका छन् । त्यस्तै, होटल तथा पर्यटन १३.६१ र अन्य ४२.१३ अंकले घटेका छन् । आज सबै भन्दा धेरै इमर्जीङ नेपाल लिमिटेडको सेयर झण्डै १० अंकले बढेको छ भने राष्ट्रिय बीमा कम्पनी प्रमोटर सेयर ६ अंकले घटेको छ ।
आज २३१ कम्पनीका ५१ लाख कित्ता सेयर २ अर्ब ५९ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया