सोमबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १२.५४ अंकले बढेर २ हजार ६४७.२० विन्दूमा पुगेको छ ।
आज बैंकिङ ७.७८, माइक्रोफाइनान्स २१.१९, विकास बैंक ४१.०७, जलविद्युत ११.१३, फाइनान्स २०.०५, निर्जिवन बिमा ५१.७२, जीवन बिमा ८५.१२, म्यूचुअफ फन्ड ०.१३, उत्पादन ५०.८३, लगानी ०.७१, होटल तथा पर्यटन ११.४९ र अन्य १०.८९ अंकले बढेका छन् । त्यस्तै, आज व्यापार समूह भने २६.५३ अंकले घटेको छ । आज सबै भन्दा धेरै इमर्जीङ नेपाल लिमिटेडको सेयर झण्डै १० अंकले बढेको छ भने ऐभरेष्ट इन्स्योरेन्स प्रमोटर सेयर ३ अंकले घटेको छ ।
आज २३५ कम्पनीका ५३ लाख कित्ता सेयर २ अर्ब ५१ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया