Logo

कर्पोरेट-बजार

प्रधानमन्त्रीको भारत भ्रमणमा उद्योग वाणिज्य महासंघबाट को को ?


GDP Nepal
   १८ चैत्र २०७८, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा निजी क्षेत्रबाट पनि उल्लेख्य सहभागिता रहेको छ ।

प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमणका लागि शुक्रबार नयाँ दिल्लीतर्फ प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्रीले अन्य कुटनीतिक र राजनीतिक भेटघाटसँगै त्यहाँको निजी क्षेत्रसँग पनि अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जानेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र पूर्वअध्यक्ष पशुपति मुरारकालगायत रहेका छन् ।

महासंघका उपाध्यक्षहरु अञ्जन श्रेष्ठ र रामचन्द्र संघई पनि भ्रमण टोलीमा रहेका छन् । यस्तै, कार्यकारिणी समिति सदस्यहरु हेमराज ढकाल, भरत आचार्य, आनन्द बगरिया, प्रकाशसिंह कार्की, अम्बिका प्रसाद पौडेल, विजयसिंह वैद्य र चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर मिया लगायत रहेका छन् ।

प्रकाशित : १८ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह