Logo

Sub-banner

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


GDP नेपाल
   ५ बैशाख २०७९, सोमबार


नेपाल राष्ट्र बैँकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

बैँकका अनुसार आज नेपाली बजारमा अमेरिकी डलर एकको खरिदमा १२१ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२२ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६ पैसा पुगेको छ। अष्ट्रेलियन डलर एकको खरिददर भने घटेर ८९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिदमा आज ९६ रुपैयाँ ४० पैसा र बिक्रीमा ९६ रुपैयाँ ८८ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिददर बढेर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने बढेर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर सोमबार ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा कायम छ। मलेसियन रिंगिट एकको खरिददर पनि २८ रुपैयाँ ७१ पैसा र बिक्रीदर २८ रुपैयाँ ८५ पैसा कायम छ।

यस्तै, कुवेती दिनार एकको खरिददर ३९८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०० रुपैयाँ २९ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२४ रुपैयाँ ११ पैसा रहेको छ ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह